काठमाडौं । अग्नि ग्रुपले बागमती प्रदेशको कुरिनटारमा महिन्द्राका गाडीको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपूर्जासहितको सुविधासम्पन्न शोरुम स्थापना गरेको छ ।
शोरुम इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रमुख अन्जनीकुमारी पोखरेल, कालीबहादुर गण भरतपुरका गणपति अच्युत घिमिरे, सशस्त्र प्रहरी बल १६ नम्बर गण आँपटारीका सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा, राष्ट्रिय अनुसन्धान कार्यालय चितवनका अनुसन्धान उपनिर्देशक शेरजंग चन्द, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्निका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले सोमबार संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।
कम्पनीका अनुसार उक्त थ्रिएस सेटअपसहितको शोरुम अग्नि इन्कर्पोरेटेड प्रालिअन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । सर्भिस सेन्टर भने बालाजु अटो वक्र्स लिमिटेडअन्तर्गतको सुविधासम्पन्न सर्भिस सेन्टर हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच