सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान

Read Time = 1 min

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गर्नुभएको छ ।

न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ सोमबार प्रस्थान गर्नुभएको हो ।

महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?