पाकिस्तानको बाढीमा मृत्यु हुनेमध्ये ३८० बालबालिका

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

इस्लामाबाद । मुसलधारे वर्षापछिको बाढीले पाकिस्तानको एक तिहाइ भाग डुबानमा परेको छ । बाढीमा अहिलेसम्म ११०० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८० बालबालिका छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ ।

भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू ध्वस्त पार्नुका साथै देशका ३ करोड ३० लाख मानिसहरुलाई असर गरेको छ । वर्षाले देशको एकतिहाई भूभाग जलमग्न भएको पाकिस्तानकी जलवायुमन्त्रीले बताएकी छिन् । ‘देशको एक तिहाई भाग पानीमुनि छ’ जलवायु परिवर्तनमन्त्री सेरी रिहमानले भनिन् । पानी छिट्टै कम नहुने उनले बताइन् ।

एक दशकयताको बाढीले १० अर्ब डलरभन्दा बढी क्षति पुर्‍याएको सरकारले प्रारम्भिक अनुमान गरेको छ । तर, यो क्षति सरकारले अनुमान गरेभन्दा बढी हुन सक्ने प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् ।

मानव निर्मित जलवायु परिवर्तनको असरसँग जुध्न पाकिस्तानलाई सहयोग गर्ने विश्वको दायित्व भएको सरकारको भनाइँ छ । बाढीले बिचल्लीमा परेका पर्यटकसहित ३०० जनालाई हेलिकोप्टबार उद्धार गरिएको छ । सेनाको हेलिकप्टरले अलपत्र परेका परिवारहरूलाई निकाले र खाद्यान्न प्याकेजहरू दुर्गम क्षेत्रमा खसालेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?