काठमाडौं । गायिका सुमिता राईको दोस्रो म्युजिक एल्बम ‘नयना’ विमोचन गरिएको छ । केही दिनअगाडि राजधानीमा आयोजित एक कार्यक्रमबीच कलाकार तथा पाइलट विजय लामा, चलचित्र विकास बोर्डका पूर्वअध्यक्षराजकुमार राई, वरिष्ठ गायक उदय सोताङ, चर्चित निर्देशक मिलन चाम्स, निर्माता ज्योतिराज राईलगायतले सामुहिक रूपमा गायिका सुमिताको ‘नयना’ एल्बम विमोचन गर्नुभयो ।
एल्बम विमोचनपछि ‘नयना’ एल्बममै समावेश ‘यो पल’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो । यस गीतको शब्द तथा संगीत उदय सोताङको छ भने कृष्ण लिम्बूको एरेञ्ज छ । यो म्युजिक भिडियोलाई चर्चित निर्देशक मिलनले निर्देशन गर्नुभएको हो । यो म्युजिक भिडियोमा गायिका स्वयं सुमिता, उहाँका श्रीमान् खरुन राई र छोरी नयना राईले अभिनय गर्नुभएको छ ।
कार्यक्रममा एल्बमका बारेमा बोल्दै निर्देशक मिलनले एल्बमको महत्वबारे प्रष्ट्याउनुभयो । चाम्सका अनुसार पछिल्लो समय एल्बम ल्याउन छाडिए पनि एल्बमको महत्व भने अझै कायमै छ । त्यस्तै वरिष्ठ कलाकार तथा पाइलट लामाले पनि एल्बमका लागि सुमितालाई शुभकामना दिँदै विगतका समयका म्युजिक भिडियोको अनुभव साट्नुभएको थियो ।
गायिका सुमितालेपनि आफ्नो एल्बमको बारेमा बोल्दै एल्बमको नाम आफ्नै छोरीको नामबाट राखेको बताउनुभयो । एल्बममा समावेश सबै गीतहरू पारिवारिक माया, प्रेमकै बारेमा रहेको पनि सुमिताले बताउनुभयो ।
पाँच गीत समावेश एल्बममा ‘यो पल’, ‘फुल झै’, ‘फिका फिका’ र सुख खुशी बोलको गीतहरू छन् । सबै गीतहरूमा सुमिताको स्वर छ, भने डोएट गीतहरूमा चर्चित गायक प्रमोद खरेल, गायक रुक्मान लिम्बू र बाल गायिका मिन्छाम्मा राईले साथ दिनुभएको छ । एल्बममा उदय सोताङ, तारा प्रकाश लिम्बू, गंगाराज राई र खरुन राईको संगीत छ भने उदय, मुकेश राई, हेमकला किराती र कुमार इश्बोको शब्द छ ।
एल्बमको गीतहरूमा कृष्ण लिम्बू, साहस शाक्य, सबिन लिम्बू, राजु कार्की र फनिन्द्र राईको एरेञ्ज छ । तीन वर्षअगाडि गायिका सुमिताले ‘सगुन’ पहिलो एल्बम ल्याउनुभएको थियो । अहिले सार्वजनिक एल्बम सुमिता इन्टरटेन्मेन्टबाट बजारमा आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच