रोहितको कप्तानीमा केन्यासँग खेल्दै नेपाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आज आफ्नो पहिलो एक दिवसीय खेल केन्याविरुद्ध खेल्दैछ ।

तीन एक दिवसीय श्रृङखलाको पहिलो खेल केन्याको नैरोबीस्थित जेवाईएम खेल मैदानमा दिउँसो १२ः४५ बजेदेखि खेलिने तालिका रहेको छ ।

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन् । सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन् ।

यसअघि भएको पाँच खेलको अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खला नेपालले ३-२ ले आफ्नो पक्षमा पारेको थियो । नेपाली टोली खेल जित्ने लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ ।

टी-२० खेलमा ब्याटिङ र बलिङ दुबैमा सुधार गर्दै लगेको नेपालले एकदिवसीयको नतिजा पनि आफ्नो पक्षमा पार्ने खेलाडीहरूको विश्वास छ । शृङ्खलाको दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

केन्यासँग पाँच खेलको टि-२० शृङ्खला र तीन खेलको एकदिवशीय शृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा केन्यामा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?