सुत्केरी बेथा लागेको चार दिनपछि गर्भवतिको हवाइ उद्धार

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । चार दिन देखि सुत्केरी बेथा लागेर बच्चाको जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका-८ की २७ वर्षीया लक्ष्मी ओलीलाइ हवाइ उद्धार गरिएको छ ।

ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाइ बेसबाट गएर हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो । लुपाना घरमा सुत्केरी बेथा लागेर दल्लीस्थित नगर अस्पतालमा ल्याएर चार दिनसम्म उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि प्रदेश अस्पतालमा ल्याएर उपचार सुरु गरेकोको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?