सेब र दीक्षालयलाई युरो कप

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सामाखुशी इंलिस बोर्डिङ स्कुल (सेब) र दीक्षालयले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । सेब सिनियर ब्वाइज तथा दीक्षालय सिनियर गल्र्समा च्याम्पियन बन्नुभयो । हात्तीगौंडास्थित आयोजक युरो स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा सेबले सेन्ट जोसेफलाई ५७-३७ ले पराजित गर्‍यो । सेबका रोशन घलेले १६ अंक जोड्नुभयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा दीक्षालयले काष्ठमण्डप विद्यालयलाई २३-१० ले हरायो । दीक्षालयकी पेम्बा शेर्पाले १२ स्कोर गर्नुभयो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोशन र पेम्बा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।

स्टाफमा आयोजक युरोले उपाधि चुम्यो । युरोले फाइनलमा त्रिज्योतिलाई २१-१८ ले पाखा लगायो । युरोका सेसिल चक्रधर ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिनुभयो । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, युरोकी प्रबन्ध निर्देशक/प्रिन्सिपल शैलजा अधिकारी, युरोकी भाइस प्रिन्सिपल एन्जेला तामाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । भदौ ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १८ तथा गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

यता एचएचसिए चौथो केभिकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ । धापासीस्थित आयोजक केभिकेएसएसको कोर्टमा एचएचसिएले रिलायन्स पब्लिकलाई ३०-११ ले पराजित गर्‍यो । एचएचसिएकी सरा घलेले १४ अंक जोड्नुभयो । टिआइएले लालीगुराँस नेशनल एकेडेमीबाट वाकओभर पाउँदै क्वाटरफाइनलमा पुग्यो । केभिकेएसएस, पृथ्वी, भ्याली पब्लिक र तिरूपति पनि क्वाटरफाइनलमा पुगे ।

सिनियर ब्वाइजमा स्कोलर्स होमले केभिकेएसएस ‘ए’ लाई ३३-२२, एचएचसिएले प्रान्जलीलाई १७-१५, रिलायन्स पब्लिकले संस्कृतिलाई २८–२२ तथा फ्लोरोसेन्टले लिटिल फ्लावरलाई १८-९ ले हराउँदै प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । स्कोलर्स होमका एलेन छन्त्यालले १७, एचएचसिएका पवन मगरले १२, रिलायन्सका रोजन लामाले १४ र फ्लोरोसेन्टका सुमन राईले ११ स्कोर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?