चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न सरकार तयार छ : मन्त्री कार्की

Read Time = 3 mins

काठमाडौं । चलचित्र निर्माता संघको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको नेपाल चलचित्र निर्माता संघको १६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो । मन्त्री कार्कीले चलचित्र क्षेत्रमा लामो अनुभव बटुलेका कलाकारहरूको सुझावका आधारमै चलचित्र उद्योगको समस्या समाधान गर्न सकिने बताउनुभयो । उहाँले चलचित्र क्षेत्रलाई थप समृद्ध बनाउन सरकार सदैव तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रमा रहेका सम्भावनाका ढोकालाई खोल्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली कलाकार र प्रविधिकहरूमा दक्षताको कुनै कमी नरहेको दाबी गर्दै नेपाली सिनेमा क्षेत्र पनि संसारका सिने उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य बनाउन पहल गर्ने बताउनुभयो । उहाँले चलचित्र विकास बोर्डले नेपालमै निर्मित नेपाली भाषाका चलचित्रलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो । उहाँले चलचित्र क्षेत्रको विकास हुन नसक्नुको कारण पहिचान गरी एक÷दुई दिनभित्र नै मन्त्रालयलाई जानकारी गराउने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष केसीले चलचित्र उद्योगलाई बुझेर काम गर्ने हो भने विश्वमा सबैभन्दा ठूलो आयस्रोत चलचित्र उद्योग बन्ने दाबी गर्नुभयो । उहाँले चलचित्र उद्योग आज प्राथमिकतामा नपरे पनि प्राथमिकतामा पार्न लायक बनाउन आफ्नो पहल रहने बताउनुभयो । उहाँले चलचित्र क्षेत्रलाई विकास गर्न कसैले कसैको खुट्टा तान्ने नभई एकजुट हुन जरुरी रहेको बताउनुभयो ।

संघको अध्यक्षमा नवल खड्का निर्विरोध चयन हुनुभएको छ । बुधबार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा प्रतिद्वन्द्वी उम्मेदवारी नपरेपछि खड्का नेतृत्वमा सम्पूर्ण टिम नै निर्विरोध चयन हुनुभएको हो । शनिबार सम्पन्न साधारणसभामा औपचारिक घोषणा गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?