सिन्धुली कार दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । सिन्धुलीमा भएको ईन्डियन कार दुर्घटनामा परेका पाँचै जनाको पहिचान खुलेको छ । मृतक चार जना र गम्भिर घाइते एक जनाको पहिचान खुलेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा भारतको मण्डीपुर साडी समस्तिपुर वारिसनगर भगबतीस्थानका राजेश कुमार सिंह र अविषेक ठाकुर, बजार समेती समस्तिपुरका महेश कुमार चौधरीर कल्याणपुर समस्तिपुरका मृत्यैज कुमार फुलहारा रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

सिंहको सिन्धुली अस्पतालमा उपचारकै क्रममा बुधबार विहान ४ः२० मा मृत्यु भएको हो भने ठाकुर, चौधरी र फुलहाराको घटनास्थलमै गएराती मृत्यु भएको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार दुर्घटनामा परी गम्भिर घाईते भएका पुसा समस्तिपुर बिरालो खुर्दका धर्मेन्द्र साहलाई सिन्धुली अस्पतालमा सामान्य उपचार पश्चात विहान ६ः४५ मा धुलिखेल अस्पतालमा थप उपचारको लागि पठाइएको छ ।

पुर्वबाट काठमाडाैँ जाँदै गरेको कार बीपी राजमार्गमा दुर्घटना भएको थियो । कमलामाई नगरपालिका-३ मा अवस्थित सिन्धुली गढी गेट नजिक दुर्घटना भएको कार राजमार्गबाट पाँच फिट तल खसेको प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता दाहालको भनाई छ ।

गएराती १२ः३० मा कार दुर्घटना भएको खबर पाएपछि जिल्लाप्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरिक्षक (एसपी) राजकुमार सिलवालको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । उक्त टोलीले अफ्ट्यारो ठाउँमा कार खसेको र उद्धार गर्न समस्या भएपछि नेपाली सेनाको सहयोग लिएर शवको उद्धार गरी अहिले सिन्धुली अस्पताल ल्याइपुर्याइएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?