भ्याली पब्लिक स्कुल र केयुबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । बुढानीलकण्ठस्थित भ्याली पब्लिक माध्यमिक विद्यालय र काठमाडौं विश्वविद्यालय (केयु)बीच सम्झौता भएको छ । आमअभिभावकको शैक्षिक परिवर्तनको चाहना तथा विज्ञान र विकास द्रुतगतिमा अघि बढिरहेको अवस्थामा शैक्षिक सुधारको चाहनालाई आत्मसात गर्दै विद्यालय तथा विद्यार्र्थीको शैक्षिक गुणस्तर विकासका लागि केयुसँग सम्झौता भएको विद्यालयले जनाएको छ ।

सम्झौताअनुसार केयुसँगको सहकार्यमा शिक्षकको पेशागत विकासका साथै पुस्तकालय विकास कोषसँग विद्यालयको पुस्तकालयमा करिब एक लाख ६० हजार संख्यामा भौतिक तथा विद्युतीय माध्यमका पुस्तक उपलब्ध गराई विद्यार्थीको पढ्ने, खोजी गर्ने, बुझ्ने र विश्लेषण गर्नेलगायत सीप विकास गरिने विद्यालयले जनाएको छ । त्यसैगरी आइएसओसँग शैक्षिक गुणस्तर विश्लेषण, तालिम, पत्राचार तथा कागजात तयारी कार्यक्रम प्रायोजन तथा प्रमाणीकरण प्रक्रियासमेत सञ्चालन हुनेछन् ।

२०५० सालमा स्थापना भएको बुढानीलकण्ठ नगरपालिका–८ स्थित उक्त विद्यालय आफ्नै १५ रोपनीमा रहेको छ । विद्यालयमा ४८ भौतिक सत्र र ४८ विद्युतीय सत्र सञ्चालन हुने बताइएको छ । शनिबार आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाको पनि उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?