बजारमा झोल दूध अभाव

Read Time = 3 mins

काठमाडौं । बजारमा झोल दूध अभाव हुँदा डेरी उद्योग नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको डेरी उद्योगीले गुनासो गरेका छन् । नेपाल डेरी उद्योग संघले मुख्य व्यापार हुने चाडपर्व एवं दशैंतिहारमा औद्योगिक कच्चा पदार्थ अभावमा डेरी उद्योग नै बन्द गर्नुपर्ने स्थिति आएको भन्दै केही समयका लागि झोल दूध आयात अनुमति दिन माग गरेको छ । संघले कच्चा दूध अभाव आगामी एक-दुई वर्षसम्म कायम रहने देखिएकाले दीर्घकालीनरूपमा दूध उत्पादन बढाउने कार्यक्रम ल्याउन कृषि तथा पशुपक्षी विकास मन्त्रालय र पशु सेवा विभागको ध्यानाकर्षणसमेत गराएको छ ।

संघका अध्यक्ष राजकुमार दाहालले एक पे्रस विज्ञप्ति जारी गर्दै दूध उत्पादन बढी हुने समयमा केही वर्षअघिसम्म मिल्क होली डेको अवस्था आउने गरेको भए पनि पछिल्ला वर्षमा त्यो समस्या हटेको दाबी गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस वर्ष वैशाखबाटै दूध अभाव सुरु भएको थियो, जेठसम्म स्टक रहेको धुलो दूधले धाने पनि तीन महिना बढी समय झोल दूधको चरम अभाव खेप्यौं, उत्पादन कटौती गरेर कसरी उद्योग चलाउने ?’

दुई वर्ष कोरोनाका कारण दाना चोकर र पशु आहार अभाव हुँदा दूधको उत्पादन आवश्यकताअनुसार बढ्न सकेको छैन । अफ सिजनमा आन्तरिक बजार धान्न भारतबाट औद्योगिक कच्चा पदार्थका रूपमा झोल दूध आयात गरी यहाँका डेरी उद्योग सञ्चालन गर्न पाऊँ भनी कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभाग र राष्ट्रिय दुग्ध विकास बोर्डमा गत वर्षको कात्तिकदेखि नै पटक–पटक ध्यानाकर्षण गराइएको पनि दाहालले बताउनुभएको छ । मन्त्रालयबाट गठित समितिले पनि दैनिक एक लाख २० हजार लिटरसम्म दैनिक कच्चा दूध अभाव भएको बजारमा नियमित आपूर्ति गर्न भारतबाट केही समयका लागि झोल दूध ल्याउन उपयुक्त हुने सुझाव दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?