हुण्डाईद्वारा मन्दिर परिसर सरसफाइ

Read Time = 1 min

काठमाडौं । हुण्डाई नेपालले वि भी द चेन्ज अभियानअन्तर्गत पचली भैरव मन्दिर टेकुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपर पनि सरसफाइ गरिएको कम्पनीले जनाएको छ ।

हुण्डाई नेपालका ५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको कार्यक्रममा स्कुल र मन्दिर परिसरमा रङ पनि लगाइएको बताइएको छ । कम्पनीका अनुसार हुण्डाई नेपालको वि भी चेन्ज हुण्डाई मोटरको पर्यावरणमैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहलस्वरूप ल्याइएको कार्यक्रम हो ।

जसको अर्थ आजको दिनमा कार्बन न्युट्रालिटीको पर्याय नै बनेको ‘ब्याट्री इलेक्ट्रिक भेहिकल’ हो भने वि भी द चेन्ज परिवर्तनको सुरुवात आफैंबाट भन्ने अवधारणालाई आत्मसात गर्दै ल्याइएको हो । अभियानअन्तर्गत कम्पनीले यही महिनाको सुरुवातमा रातोमाटे डाँडा, चुनिखेलमा वृक्षारोपण गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?