जुम्लाका नौ सय बढी उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

Read Time = 2 mins

-विजय रावत

जुम्ला । जुम्लामा स्थानीय तह निर्वाचनका नौ सय ८९ जना उम्मेदवारले निर्वाचन खर्च विवरण अझै बुझाएका छैनन् । आयोगले खर्च विवरण बुझाउन पटक पटक तोकेका गरेपनि केही उम्मेदवारले मात्र खर्च विवरण बुझाएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश न्यौपानले बताउनुभयो ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाको एक नगरपालिका सहित सात गाउँपालिका हालसम्म तीन सय दुई जना उम्मेदवारले मात्रै समयमै निर्वाचन खर्च विवरण बुझाएको जिल्ल निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले बताउनुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जुम्लाबाट एक हजार २९१ उम्मेदवारले भाग लिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । आयोगको समय सिमा भित्र निर्वाचन खर्च नबुझाउने जिल्लाका नौ सय ८९ जना उम्मेदवारलाई स्पष्टीकरण सोधि आयोगको केन्द्रिय कार्यालयमा पठाएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाका सबै स्थानीय तहलाई निर्वाचन खर्च बुझाउन भनी परिपत्र समेत जारी गरेको निर्वाचन कार्यालयले जनाएको छ । तोकिएको समयमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐनमा रु १५ हजार जरिवाना गरेर सम्पत्ति विवरण बुझाउन निर्वाचन आयोगले आदेश दिने व्यवस्था रहेको छ । तोकिएको समयमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आयोगले गर्ने निर्णय अनुसार कारबाही प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ ।

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?