नेपालले मानवीय सहायता स्वरुप २२ टन राहत सामाग्री पाकिस्तानलाई दियो

Read Time = 1 min

काठामाडौं । नेपालले मानवीय सहायता स्वरुप २२ टन राहत सामाग्री आज पाकिस्तानलाई हस्तान्तरण गरेको छ ।

परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालले ती सामाग्री पाकिस्तानको कराँची गई सिन्ध प्रान्तका समाज कल्याणमन्त्री साजिद जोखियोलाई हस्तान्तरण गर्नुभयो ।

पछिल्लो दिनमा बाढीले पाकिस्तानका ठूलो जनधनको क्षति गरेपछि नेपालले उक्त राहत सामाग्री पठाएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको मानविय सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय वमोजिम आज २२ टन सामाग्री पाकिस्तानलाई हस्तान्तरण गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?