बागमती प्रदेशमा एकैदिन ८७८ जनामा डेंगु संक्रमण, धादिङमा २२१

Read Time = 3 mins

-बाबुराम श्रेष्ठ
धादिङ । देशभर डेंगुका बिरामीको सङ्ख्या हवात्तै बढेको छ । यस्तै बागमती प्रदेशमा डेंगुका बिरामी दिनानुदिन बढेका छन् । आज मंगलबार एकैदिन थप ८७८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। नरेन्द्र झाले जानकारी दिनु भयो ।
सोमबार संक्रमितको संख्या ६ हजार ६५४ रहेकोमा मंगलबार ७ हजार ५३२ पुगेको उहाँको भनाई छ । प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित ललतिपुरमा रहेको छ । ललितपुरमा मात्रै हालसम्म ३ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, काठमाडौंमा १ हजार ७९७, मकवानपुरमा १ हजार २०७, चितवनमा १७९, धादिङमा १२१ र अन्य जिल्लाहरुमा पनि संक्रमित भेटिएका छन् । संक्रमित अधिकाँश बालबालिका र वृद्धवृद्धा रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

कतिपय संक्रमितको काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, हेटौंडा अस्पताल, चितवनको भरतपुर सरकारी अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ जनास्वास्थ्य प्रशासक झाले जानकारी दिनु भयो । यस्तै धादिङ अस्पताल समेत डेंगुका बिरामीहरुको उपचार भैरहेको छ । पछिल्लो समय धादिङ अस्पतालमा अरु बिरामी भन्दा डेंगुका बिरामी अत्याधिक मात्रा आउने गरेको धादिङ अस्पतालका निमित्त मेसु डाक्टर मधुकर दाहालले बताउनु भयो ।

उहाँका अनुसार जिल्लामा डेंगुका बिरामी अत्याधिक रूपमा बढेको छ, अस्पतालको बेड भरि बिरामी छन्, यहि गतिमा जाने हो भने अब बेड्को अभाव हुने अबस्था आईसकेको छ । बिरामी बडेसङ्गै अस्पतालको क्षमता अनुसार बेडको ब्यबस्थापन गरेको छु । हेर्दै जाम कति सम्म सकिन्छ, मेसु दाहालको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?