सेञ्चुरी, एनपिआई र सिराइचुलीबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र एनपिआई नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटल नारायणगढबीच सम्झौता भएको छ । सेञ्चुरी कमर्सियल बैंक नारायणगढ शाखा, भरतपुर-१० स्थित एनपिआई नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

एनपिआई नारायणी सामुदायिक अस्पतालले लिने विभिन्न सेवा शुल्कमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकतर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का र एनपिआई नारायणी सामुदायिक अस्पतालतर्फबाट अस्पतालका सञ्चालक विष्णु कुँवरले हस्ताक्षर गर्नुभएको छ । साथै सिराइचुली होटलमा फुड एण्ड बेभरेजमा १० प्रतिशत र एकोमोडेशन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा सिराइचुली होटलतर्फबाट रिसोर्टका सञ्चालक विष्णु घिमिरेले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?