पानी चुहिने झुपडिमा जीवन बिताउन बाध्य छन मुसहर समुदाय

हिमालय टाइम्स
Read Time = 2 mins

-प्रकाश मैनाली
सर्लाही । सर्लाही जिल्लाको बसबरीया गाँउपालिका वडा नं-३ भवानीपुरको मुसहर बस्तिका मानिसहरु अझै पनि कष्टकर जिवन बिताइरहेका छन । उनिहरु पानी चुहिने खरको छानामुनी रात काट्न बाध्य छन ।

अशिक्षा अज्ञानता र सोझा साझा भएकै कारण मुसहर समुदायको सरकारी निकायसम्म पहुँच पुग्न सकेको छैन । मुसहर समुदाय गरिव तथा दलित भएकैकारण अन्य समुदायहरु बाट समेत अपहेलित हुनुपरेको छ । चेतनाको कमीको कारण उनिहरुले आफ्नो हक अधिकारको खोजीगर्न सकेका छैनन ।

मुसहर समुदाय शिक्षा, चेतना, स्वास्थ्य, आयआर्जन तथा विकासमा धेरै पछाडी परेका छन । चरम गरिवि र गाँस वाँस कपास जस्ता आधारभुत आवश्यकता परिपूर्ती गर्न तथा विहान वेलुकाको छाक टार्न सीङगो परिवारनै दैनिक ज्याला मजदुरीमा निर्भर रहनुपर्ने भएकोले उनिहरुले स्थानीय सरकारको कार्यक्रम बाट लाभ लिन सकेका छैनन । ५० औ बर्ष देखी सुकुम्बासीको रुपमा खुल्ला आकासमुनी राप, ताप र चिसोमा जिबन बिताउन मुसहर समुदाय बाध्य छन ।

अन्य समुदायका मानिसहरुले जग्गा जमिन पाए पनि मुसहर समुदायले अझै जग्गा जमिन पाउन सकेका छैनन् । उनिहरु आफ्ना मागहरु लिएर स्थानिय सरकार, वडा अध्यक्ष, मेयर, राष्ट्रिय भुमि आयोग जिल्ला प्रसाशन जस्ता सम्बन्धित निकायमा जान सकेका छैनन् । आफ्ना कुरालाई स्थानिय जनप्रतिनिधिहरुले सुनुवाईनै नगरेको मुसहर समुदायको गुनासो छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?