जितिया पर्वले एकता र सामाजिक सद्भावलाई प्रवद्र्धन गरेको छ: प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले यो पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवर्धन गर्नमा टेवा पुर्याएको बताउनुभएको छ ।

उहाँले आमा र सन्ततिबीचको माया, प्रेम, समर्पण र वात्सल्य प्रगाढ बनाउन यो पर्वबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘यस पर्वले आमा र सन्ततिबीचको पारस्परिक सद्भाव, मातृत्व पूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई थप प्रगाढ र सुदृढ पार्न प्रेरणा प्रदान गरोस्’, उहाँको सन्देशमा उल्लेख छ।

देउवाले शुभकामना सन्देशमार्फत हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गर्नुभएको छ । साथै उहाँले यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्नमा टेवा पुर्याएको बताउनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?