लमजुङ । लमजुङमा आत्महत्याको घटना बढेको छ । जिल्लामा पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रकाश श्रीमलका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा २२ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी ०७५/०७६ मा ३४ जना, ०७६/०७७ मा ३१ जना, ०७७/०७८ मा ३७ जना र ०७८/०७९ मा ३३ जना गरी पाँच वर्षमा १५७ जनाले आत्महत्या गरेकोे तथ्यांक प्रहरीमा रहेको छ ।
मानिसहरू मानसिक र आध्यत्मिक रुपमा स्वास्थ्य भए मात्र आत्महत्याका घटना कम हुँदै जाने लमजुङका प्रहरी प्रमुख श्रीमल बताउँनुहुन्छ । आमा समूह , विद्यालय र युवा क्लबसँग समन्वय गर्दै आत्महत्या रोकथामसम्बन्धी कार्यक्रम सन्चालन गरेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच