राष्ट्रपति भण्डारी संविधान दिवस मूल समारोहमा सरिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुनुभयो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेकाे थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुभएको थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?