विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट करिब २२ किलोग्राम गाँजासहित सोही गाउँपालिका-४ बस्ने ३५ वर्षीया जगमाया गुरूङ लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट पोखरातर्फ आउँदै गरेको मे.१ ख ३१९५ नम्बरको बसलाई अस्थाई प्रहरी पोष्ट मुग्लिनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

दैलेखको नारायण नगरपालिका-१ टुडिखेलबाट २९० मिलिग्राम ब्राउनसुगरसहित सोही नगरपालिका-२ कुसाडा बस्ने ३० वर्षीय रोबट सिजापतीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको गौरीगंगा नगरपालिका-८ बडैपुरबाट करिब ३ ग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने २२ वर्षीय ईन्द्र धामीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका-६ कालिका मन्दिर नजिकबाट ४४० मिलिग्राम ब्राउनसुगरसहित सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय मोहम्मद सुहिल लगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित भिनिला रेष्टुरेन्टको पछाडी रहेको कटेजमा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?