२२ औं विश्व स्कुल दूध दिवस मनाइँदै

Read Time = 2 mins

काठमाडौं । नेपाल डेरी एसोसिएसनले यस वर्ष विश्वमा २२औं र नेपालमा सातौं विश्व स्कुल दुध दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । असोज १२ गते अर्थात् सेप्टेम्बर २८ तारिखका दिन विश्व स्कुल दूध दिवसका लागि एसोसिएसनले शुक्रबारदेखि साताव्यापी कार्यक्रम सुरु गरेको छ ।

शनिबार दृश्य बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा दूध तथा दुग्ध व्यवसायी एवं किसान अन्तरक्रिया, दूध तथा दुग्ध पदार्थ सेवन कार्यक्रम, आइतबार सिन्धुलीको कमलामाई नगरपालिकामा दुग्ध किसान, व्यवसायी, उद्योगी विद्यार्थीबीच दूधको महत्व र फाइदाका विषयमा चर्चाका साथै दूध तथा दुग्ध पदार्थ वितरण, असोज १० गते रोटरी क्लब अफ कपनसँगको सहकार्यमा बागमती प्रदेशले सबै दुग्ध व्यवसायी, किसानलगायतसँग अन्तरक्रिया, असोज ११ गते अन्य प्रदेश, जिल्लामा अन्तरक्रिया र १२ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सहयोगमा काठमाडौंको सेन्ट जर्ज ‘दुग्ध क्षेत्रको उन्नति, राष्ट्रको समुन्नति’ अन्तरक्रिया आयोजना गरिने एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?