नेपाल डिस्टिलरिजको ‘न्युड सुपेरियर भोड्का’

Read Time = 3 mins

काठमाडौं । दि नेपाल डिस्टिलरिजले फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवांगी प्रधान तथा चुपलाग स्टुडियो र शो स्टपर साम्राज्ञी आरएल शाहको सिक्वेन्समा बिहीबार साँझ ‘न्युड सुपेरियर भोड्का’ अनावरण गरेको छ । न्युड सुपेरियर भोड्का सम्भवतः नेपालको पहिलो राइसबेस्ड भोड्का भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार राइसबेस्ड भएका कारण भोड्कामा अभूतपूर्व प्राकृतिक मिठास पाउन सकिन्छ भने अतिरिक्त चिनी मिश्रण गरिएको छैन । साथै ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषताले भोड्कालाई थप उच्चकोटिको बनाएको छ ।

न्युड सुपेरियर भोड्का डिजाइन गर्दा स्वास्थ्यप्रति सचेत २१औं शताब्दीका उपभोक्ताको चाहना र मागलाई पूर्णरूपमा ध्यान दिएको कम्पनीको जिकिर छ । विभिन्न स्पिरिटमध्ये भोड्का एक ‘फन स्पिरिट’ हो । यस्तो पेयमा मुख्यतया युवाको बढी रुचि देखिन्छ । अतिरिक्त स्मुथनेस र उत्कृष्टताका लागि सानो ब्याचमा चार कोल फिल्टर गरी ‘न्युड सुपेरियर भोड्का’ तयार पार्ने गरिन्छ । शतप्रतिशत स्थानीय सामग्री प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्लेण्डर क्रिस्टोफर आम्र्सले ‘न्युड सुपेरियर भोड्का’ डिजाइन गर्नुभएको हो । भोड्का पिउँदा घाँटीमा अतिरिक्त जलनको अनुभव हुँदैन ।

कम्पनीका अनुसार भोड्का विशेष र विश्वस्तरीयरूपमा विकास गर्ने कामको सुरुवात सन् २०१९ बाटै भएको थियो । भोड्का विकास गर्नुअघि आमउपभोक्ता र रेष्टुरेन्टमा व्यापक परीक्षण र प्रतिक्रियाका शृंखला सञ्चालन गरिएका थिए । कम्पनीका महाप्रबन्धक शुभाष लामिछानेले भन्नुभयो, ‘न्युड सुपेरियर भोड्कालाई सिसाको कस्मेटिक बोतलमा प्याक गरिएको छ, जसले लिक्विडलाई थप प्रष्टता दिन्छ । बोतलमा प्रयोग गरिएको क्याप द नेपाल डिस्टिलरिजका अन्य ब्राण्ड जस्तै पुनः रिफिल गर्न सकिन्न ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?