बजाज एक्सचेन्ज मेला

Read Time = 2 mins

काठमाडौं । ग्राण्ड बाइक्स, ग्राण्ड एक्सचेन्ज, ग्राण्ड सेलिब्रेसन भन्ने नारासाथ बजाजले बजाज ग्राण्ड एक्सचेन्ज फेस्ट योजना ल्याएको छ । नेपालस्थित बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने एक्सचेन्ज योजना असोज १० गतेसम्म लागू हुनेछ ।

योजनाअन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् । साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसनका साथै प्रचलित बजार भ्यालुएसनभन्दा सात हजार थप मूल्य पनि पाउन सकिने कम्पनीले जनाएको छ । सरल किस्ताबन्दी र न्यूनतम डाउन पेमेन्टसाथ उपलब्ध योजनामा सात हजारसम्मको नगद छुटका साथै हरेक दिन एक भाग्यशालीले सामसुङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेज जित्न सक्ने बताइएको छ ।

एक्सचेन्ज योजनाअन्तर्गत उपभोक्ताहरूले टेस्ट राइड पनि लिन सक्नेछन् र टेस्ट राइडमा सहभागीले पनि आकर्षक उपहार जित्न सक्नेछन् । एक्सचेन्ज कार्यक्रममा उपभोक्ताले विभिन्न निःशुल्क एसेसरिजसमेत प्राप्त गर्नेछन् । सोही अवसरमा कम्पनीले पल्सर एन सिरिज पनि सार्वजनिक गर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?