बैतडीमा पाँच मतदान केन्द्र थपिए

हिमालय टाइम्स
Read Time = 2 mins

डम्बर बोहरा/हिटा
बैतडी । बैतडीमा आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनका लागि पाँच ओटा मतदान केन्द्र थप भएका छन् । मतदाता संख्याको आधारमा जिल्लाको दशरथचन्द नगरपालिकामा तीन, मेलौली नगरपालिकामा र पुर्चौडी नगरपािलकामा एक÷एक मतदानकेन्द्र थप गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार दशरथचन्द नगरपालिका-१ मा रहेको मणिलेक मावि गुरुखोलामा दुई मतदान केन्द्र रहेकोमा थप एक गर्दै तीन केन्द्र बनाइएको छ । दशरथचन्द नगरपालिका-४ मा रहेको शिवस्थली मावि जर्ग, दशरथचन्द नगरपालिका-५ को वडा कार्यालय पल्लाचौडाली, पुर्चौडी नगरपालिका-६ मा रहेको जनता मावि रौनालीचौर, मेलौली नगरपालिका-२ मा रहेको कोटेश्वर आविमा एक मतदान केन्द्र रहेकोमा त्यहाँ पनि एक/एक थप्दै दुई बनाइएका छन् । जिल्लामा १२९ वटा मतदानस्थल र २१० वटा मतदान केन्द्र रहेका छन् ।

बैतडीमा एक लाख ५० हजार १५६ मतदाता प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनेछन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार ६०६ मतदाता रहेका थिए । बैतडीमा प्रतिनिधिसभा निर्वाचनका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेका छन् । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?