प्रचण्डको उद्घोष- बाबुराम भट्टराईसँगको सहकार्य अब लामो हुन्छ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुराम भट्टराईसँगको सहकार्य अब लामो समयसम्म जाने बताउनुभएको छ । नेपाल समाजवादी पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताउनुभयो ।

एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब मुलुकमा समृद्धि, विकास र समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरू सहकार्यमा आएको उहाँको भनाइ थियो । ‘हामीले समाजवादको लागि एउटा नयाँ जनयुद्धको गोरेटो कोर्ने संकल्प गरेपछि अब एकैठाउँमा केन्द्रित हुने हो । यो चुनावका लागि मात्रै गरिएको निर्णय होइन,’ उहाँले भन्नुभयो, ‘धेरै माथि उठ्न बल गरिएको छ । यो देशलाई फेरि एकचोटि समृद्धि, विकास र समाजवादको एउटा नयाँ मोडल हामीले नै दिनुपर्ने हुन्छ, हामीले नै दिन्छौँ । हामी हिजो पनि एक-अर्काको पूरक भएर आन्दोलनलाई यहाँसम्म ल्याएको हो । अबको दशक फेरि एकठाउँ केन्द्रित भएर समाजवादको नयाँ मोडेल दिनुछ । विकासको नयाँ मोडल दिएर संसारबाट बिदा हुने सपना हामीले बनाएका छौँ ।’ अध्यक्ष दाहालले भट्टराई र आफूबीच बानी, व्यहोरा र स्वभाव नमिले पनि एकले अर्काको अभाव पूर्ति गर्दै आएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?