‘मिसेस नेपाल पिस २०२२’ को उपाधि हिनालाई

Read Time = 2 mins

काठमाडौं । ‘मिसेस नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जित्नुभएको छ । २० प्रतियोगीलाईपछि पार्दै उहाँले मिस फोटोजेनिकसहित शीर्ष उपाधि जित्न सफल हुनुभएको हो ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा फष्ट रनरअप रिमा खड्का, सेकेण्ड रनरअप सुबिना शाक्य, थर्ड रनरअप सीमा सराफ र फोर्थ रनरअप रेशमा पूरी घोषित हुनुभयो । प्रतियोगितामा अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’ को उपाधि प्रदान गरिएको थियो ।

एमि इन्टरटेन्मेन्टको आयोजना र युहान इन्टरनेशनको व्यवस्थापन रहेको प्रतियोगितामा पब्लिक च्वाइस अञ्जु ढुंगाना, भ्युअर्स च्वाइस बिनिता प्रधान, मिसेस् ट्यालेन्ट हिरादेवी श्रेष्ठ, म्यानेजमेन्ट च्वाइस सबी हृयौमिखा, वेष्ट ड्रेसका साथै वेष्ट पिस प्रोजेक्टको संगीना ताम्राकार, वेस्ट वाक अनिशा सुवेदी, वेष्ट स्माइल सपना श्रेष्ठ, मिसेस् कञ्जीनालिटी अञ्जु न्यौपाने र मिसेस् कन्फिडेन्ट मनिषा रेग्मी, वेष्ट पर्सनालीटी रिमा खड्का छानिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?