कोइराला समूहद्वारा चियापानको आयोजना

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज चियापान कार्यक्रमको आयोजना गरेको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा चियापन कार्य्रकमको आयोजना गरेको हो । अहिले कार्यक्रम जारी छ ।

दशैँका अवसरमा आयोजना गरिएको उक्त चियापान कार्यक्रममा पनि उक्त समूहले संघर्षकै रूप भनेको छ।

बिहान ८ः१५ बजेबाट चियापान शरु भएको हो । यस्तै नेताहरूले उक्त कार्यक्रमबाट भावी रणनीति तय गरिने बताएका छन् ।

चियापानका लागि नेता शेखर कोइरालासहित उहाँ पक्षबाट कांग्रेसको १४ औं महाधिवेशनमा जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको छ।

कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूले समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति शेरबहादुर देउवालाई दवाव दिन पार्टी केन्द्रीय कार्यालयमा बुधबार धर्ना पनि दिएका थिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?