खेल सामग्री र प्रशिक्षण अभाव, खेलाडीबाट पदकको मात्रै आश

हिमालय टाइम्स
Read Time = 6 mins

महेन्द्रनगर । नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई सातामात्र बाँकी छ । दशैँैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् । उहाँहरू पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् । खेलाडी खेल सामग्री र प्रशिक्षण अभावले छटपटीनुभएको छ । सबैले खेलाडीबाट पदकको मात्र आश गरिरहेका छन । खेल पदाधिकारी र प्रशिक्षक आफ्नो जिम्मेवारी पूरा गर्नबाट भने चुकिरहेका छन् ।

कञ्चनपुरबाट सुदूरपश्चिमको प्रतिनिधत्व गर्दै व्याडमिन्टनतर्फ पुरुष र महिला गरी छ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदैछन् । आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन कञ्चनपुरका व्याडमिन्टन खेलाडी व्यक्तिगत मिहिनेतले मात्रै राष्ट्रिय खेलकुद प्रतियोगितासम्मको यात्रा तय गर्नुभएको हो । उहाँहरूको खेल सामग्रीलगायतको व्यवस्थापनतर्फ न जिल्ला खेलकुद न त प्रदेश खेलकुद परिषद् नै ध्यान दिएको छ ।

खेलाडी स्वयंले प्रशिक्षक खोज्नुपर्ने अवस्था छ । अभ्यास आफ्नै ढंगगले गर्नुपर्ने अवस्था रहेको खेलाडीले बताउनुभयो । प्रदेशस्तरमा प्रतिस्पर्धाका लागि जाँदा जिल्ला खेलकुद विकास समितिले यहाँका खेलाडीलाई एक÷एक सेट जर्सीमात्र उपलब्ध गराएको थियो । कराते खेलाडीलाई फुटबलको जर्सी उपलब्ध गराएको पाइएको छ । ‘जर्सी त दिए तर फुटबलको, अरू केही सहयोग मिलेको छैन’, करातेबाट छनोटमा परेका कञ्चनपुरका एक खेलाडीले भन्नुभयो, ‘हामी नियमित प्रशिक्षणबाट सोझै राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदैछौँ ।’ कञ्चनपुरका एक खेलका प्रशिक्षकका अनुसार यहाँ बन्द प्रशिक्षणका कुनै सुरसार छैन । प्रदेश खेलकुदले कुनै सहयोग गरेको छैन ।

‘कम्तीमा एक हप्ताको बन्द प्रशिक्षणको व्यवस्था गर्नुपर्ने थियो,’ ती प्रशिक्षकले भन्नुभयोे, ‘हालसम्म खेलाडीलाई खेलसामग्री उपलब्ध गराएको छैन, बन्द प्रशिक्षणको कुनै टुंगो छैन ।’ यहाँबाट राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने टोलीको प्रदेश राष्ट्रिय खेलकुद परिषद्ले व्यवस्थापन गर्न नसकेको खेलाडीको गुनासो छ ।

सुदूरपश्चिमका नौवटै जिल्लाबाट प्रदेशस्तरमा सहभागी हुने खेलाडीलाई जिल्लास्तरबाट कहीँ ट्रयाकसुट कतै जर्सीको व्यवस्था गरिएको छ । ‘खेलअनुसार चाहिने पोशाक उपलब्ध हुन सकेको छैन,’ एक प्रशिक्षकले भन्नुभयो, ‘बोल्दाविरोधी भइएला भन्ने डर ।’ जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले यही असोज २२ गतेदेखि यहाँका खेलाडी नवौँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रस्थान गर्र्ने बताउनुभयो । ‘बन्द प्रशिक्षणलगायत व्यवस्थापन प्रदेशले गर्ने हो ।’ उहाँले भन्नुभयो, ‘बन्द प्रशिक्षणको विषयमा छलफलमात्रै भएको छ ।’ प्रदेश छनोटका बेला खेल सामग्री पाएको उहाँको भनाइ छ ।

नवौँ राष्ट्रियका लागि सुदूरपश्चिम प्रदेशबाट ६१५ खेलाडी सहभागी हुने भएका छन् । गत भदौ ३१ गतेदेखि धनगढी र कञ्चनपुरका विभिन्न स्थानमा खेलाडी छनोट गरिएको थियो । नवौँ राष्ट्रियमा सुदूरपश्चिमबाट दुई सयभन्दा बढी खेल प्रशिक्षक र व्यवस्थापक सहभागी हुने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिम सहभागी हुनेछ । प्रदेशस्तरको छनोटमा यहाँ दुई हजार ५३६ खेलाडी छनोट प्रक्रियामा सहभागी भएका थिए ।

सुदूरपश्चिममा १६ खेलका खेलाडी प्रतियोगिताबाट छनोट गरिएका छन् भने हक्की, जुडो, करातेलगायत खेलमा सोझै छनोट गरिएको सिंहले बताउनुभयो । सदस्यसचिव सिंहका अनुसार फुटबल, भलिबल, क्रिकेटलगायत सामूहिक रूपमा खेलाइने खेलका लागि एक हप्ताको बन्द प्रशिक्षण हुने र व्यक्तिगत खेलाइने खेलका लागि भने बन्द प्रशिक्षण नहुने भएको छ ।

प्रदेश खेलकुदका लागि प्रदेश सरकारले चार करोड, प्रदेश खेलकुद परिषद्ले ९५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले ४९ लाख उपलब्ध गराएको सदस्यसचिव सिंहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?