सिराहामा जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा

हिमालय टाइम्स
Read Time = 2 mins

सिरहा । सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय सदस्यसहितका नेता तथा कार्यकर्ताहरूले सामुहिक राजिनामा दिएका छन् । जसपा नेपालका केन्द्रिय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताहरुले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजिनामा दिएका हुन् ।

जसपा प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरकाले सामूहिक राजिनामा दिएको जसपा नेपालका केन्द्रिय परिसद सदस्य रामचलितर साहले बताउनुभयो । जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेकोले आफूहरु बाध्य भएर राजिनामा गर्नुपरेको उहाँले बताउनुभयो ।

जसपाले तीन वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिराहा शून्य रहेको उहाँले दुख व्यक्त गर्नुभयो । पार्टीले मुख्य एजेन्डा छोडेपछि आफूहरू पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बताउनुभयो ।

सामूहिक राजिनामा दिएका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोजकुमार सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रो पटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी हुनुहुन्थ्यो ।

सिंहलाई मंसिर ४ गतेहुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ बाट टिकेट दिने भएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दावी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?