अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका-७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् ।

दसैँको टीका लगाउन मामाघर हिँडेका पौडेल खर्ज्याङ खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । बेपत्ता बालकको खोजीका लागि नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

यसैबीच वर्षापछि आएको पहिराको जोखिमले जिल्लाका २१ परिवारका ९६ जना विस्थापित भएका छन् । छत्रदेव गाउँपालिका-७ र ८ का ४६, मालारानी गाउँपालिका-६ का ३५, सन्धिखर्क नगरपालिका-६ का १३ र पाणिनि गाउँपालिका-८ का दुईजना विस्थापित भएका हुन् । विस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गराइएको रिजालले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?