बाढीले बर्दियाको जब्दीघाटको पुल बगायो

हिमालय टाइम्स
Read Time = 1 min

बर्दिया । मङ्गलबार रातिदेखिको अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ ।

बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल आठ वर्ष अघि निर्माण भएको थियो । विसं २०७१ मा बबईमा आएको बाढीले उक्त पुलको बिच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो ।

दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा क्षतिग्रस्त बनेको पुलको बिच भागको स्पान, स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?