नेपाल नेटवर्क टेलिभिजनको औपचारिक शुभारम्भ

Read Time = 2 mins

काठमाडौं । नेपाल नेटवर्क टेलिभिजनको औपचारिक शुभारम्भ गरिएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा थुप्रै राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, सञ्चार प्रतिष्ठानका प्रमुखहरूको उपस्थिति थियो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्रीहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, मोहन बस्नेत सांसदहरू रघु जी पन्त, रामहरि खतिवडालगायत थुप्रै व्यक्तित्वहरूको उपस्थिति थियो । डिएआर ग्रुपले सञ्चलान गरेको टेलिभिजनको अध्यक्ष रमा दाहाल हुनुहुन्छ ।

स्वस्ति वाचनबाट सुरु भएको कार्यक्रममा कुटुम्बले आफ्नो सांगीतिक प्रस्तुति दिएको थियो । कार्यक्रममा नेपाल नेटवर्क टेलिभिजनले अबका दिनमा निरन्तर प्रशारण गर्ने कार्यक्रमहरूको पनि घोषणा गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक श्याम धितालले जानकारीमूलक कार्यक्रमलाई मुख्य स्थान दिँदै रियालिटी शोसँगै अन्य सूचनामूलक कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिनुभयो । कार्यक्रममा ‘मेरा सरकार मेरा प्रतिनिधि’ नामक पुस्तक पनि सार्वजनिक गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?