पाकिस्तानलाई सहयोग गर्न राष्ट्र संघका महासचिवको आग्रह

Read Time = 2 mins

कराँची । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । पाकिस्तानमा हालैको वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएकाले पाकिस्तानका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेसले विश्व समुदायलाई आग्रह गर्नुभएको हो ।

उहाँले पाकिस्तानको सहयोगका लागि आवश्यक पर्नेगरी एक दाता सम्मेलनको तयारीमा संयुक्त राष्ट्रसंघ लागेको बताउनुभयो । उहाँले भारी वर्षा र बाढीका कारण पाकिस्तानमा पुगेको क्षतिको मापन गरिएको र पाकिस्तानमा पुननिर्माण र यहाँका पीडितहरूको पुनःस्थापनाका लागि दाताहरूको एक सम्मेलनको आयोजना गरिने जानकारी पनि दिनुभयो ।

उहाँले शुक्रबार संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो । पाकिस्तानको सहयोगका लागि उहाँले संयुक्त राष्ट्रसंघीय महासभामा एक प्रस्ताव पनि प्रस्तुत गरेको बताइएको छ । सो प्रस्तावलाई महासभाले पारित गरेको छ । सो प्रस्तावमा विश्वका विभिन्न देश तथा दाताहरूलाई पाकिस्तानको सहयोगका लागि अपिल गरिएको छ । यस वर्षको मनसुनले पाकिस्तानमा ठूलो क्षति पुर्‍याएको छ । यहाँ सो मनसुनी वर्षाले एक हजार सात सय जनाभन्दा बढीको ज्यान गएको छ भने अरू हजारौँ व्यक्ति घाइते भएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?