बलिउड कलाकार अरुण बालीको निधन

Read Time = 2 mins

मुम्बई । बलिउडका कलाकार अरुण बालीको निधन भएको छ । ‘थ्री इडियट्स्’ जस्ता चलचित्रमा अभिनय गर्नुभएका बालीको शुक्रबार बिहान मुम्बईको उपनगरस्थित उहाँको निवासमा ७९ वर्षको उमेरमा निधन भएको हो ।

उहाँका छोरा अंकुशका अनुसार माइस्थेनिया ग्रेभिस नामक अटोइम्युन रोग स्नायु र मांसपेशीबीचको सञ्चारमा समस्या भएकाले उहाँलाई यस वर्षको सुरुमा अस्पतालमा भर्ना गरिएको थियो । बालीले प्रख्यात चलचित्र निर्माता लेख टण्डनको टिभी कार्यक्रम ‘दुसरा केवल’बाट सुपरस्टार शाहरुख खानको काकाको रूपमा अभिनयको सुरुवात गर्नुभएको थियो ।

उहाँका केही चर्चित चलचित्रहरूमा ‘सौगन्ध’, ‘राजु बन गया जेन्टलम्यान’, ‘खलनायक’, ‘सत्या’, ‘हे राम’, ‘लगे रहो मुन्ना भाइ’, ‘थ्री इडियट्स’, ‘रेडी’, ‘बर्फी’, ‘मनमर्जियाँ’, ‘केदारनाथ’, ‘सम्राट पृथ्वीराज’, र ‘लाल सिंह चंका’ रहेका छन् । उहाँको अन्तिम चलचित्र ‘गुडबाई’ थियो जसमा अमिताभ बच्चन र रश्मिका मण्डन्ना हुनुहुन्छ । गुडबाई शुक्रबार रिलिज भएको छ । बालीका एक छोरा र तीन छोरी हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?