गृहमन्त्री खाँणले लोसपासहितको गठबन्धनमा दिए उम्मेदवारी

Read Time = 2 mins

भैरहवा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेससहितको गठबन्धनको तर्फबाट गृहमन्त्रीसमेत रहनुभएका बालकृष्ण खाणले उम्मेदवारी दर्ता गर्नुभएको छ । पाँच दलीय गठबन्धनबाट जसपा बाहिरीएपछि रुपन्देहीको क्षेत्र नम्बर ३ मा लोसपालाई समर्थन गर्दै खाँणले उम्मेदावरी दर्ता गराउनु भएको हो ।

समर्थकहरुसहित आफ्नो सम्पर्क कार्यालयबाट उम्मेदवारी दर्ताका र्‍याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय आउनु भएको थियो । खाँणसँगै दिउँसो ३ बजेसम्म १४ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

खाँणको प्रतिष्पर्धाको रुपमा राप्रपाका वरिष्ठ नेता दिपक बोहरा सहितको उम्मेदवार हुनुहुन्छ । बोहरा गत निर्वाचनमा कांग्रेसकै समर्थनमा यही क्षेत्रबाट उम्मेदवार बन्नुभएको थियो । गत निर्वाचनमा घनश्याम भुसालले बोहरालाई पराजित गरेका गर्नुभएको थियो । २०७४ सालको निर्वाचनमा समानुपातिक उम्मेदवार बन्नुभएका खाँण यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिनु भएको छ भने उहाँकी श्रीमती समानुपातिक उम्मेदवारको सूचीमा हुनुहुन्छ ।

यस्तै प्रदेशसभा तर्फ ३ क मा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट सन्तोष पाण्डे र प्रदेशसभा तर्फ ३ ख बाट रामचन्द्र ढकालले उम्मेदवारी दिनुभएको छ । कांग्रेससहितको गठबन्धनमा नेकपा माओवादी केन्द्र, एकीकृत सामाजबादी, लोसपा र जनमोर्चा रहेको छ ।

-मोहम्मद हबिब

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?