एमालेको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतक महेश बर्तौलालाई नियुक्त गरिएको छ ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा बर्तौलालाई नियुक्त गर्नुभएको हो । उहाँहरु दुवै युवा नेता हुनुहुन्छ ।

गिरी पर्वतबाट निर्वाचित सांसद हुनु हो । उहाँ प्रचण्ड नेतृत्वको वर्तमान सरकारको स्वास्थ्य मन्त्री समेत बन्नुभएको थियो । २०४७ मा अनेरास्ववियु पाँचौँमा संगठित हुनु भएको गिरी स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको सदस्य हुँदै उपसभापति र सभापतिको जिम्मेवारी सम्हानु भएको थियो । २०५४ मा नेकपा एमाले दुर्लुङ गाउँ कमिटी सचिवबाट पार्टीको सक्रिय राजनीतिमा आवद्ध हुनु भएको उहाँ २०६७ मा नेकपा एमाले पर्वत जिल्ला कमिटी सचिवालय सदस्य तथा २०७२ मा आठौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

बर्तौला गत संसदीय निर्वाचनमा मकवानपुर २ बाट निर्वाचित सांसद हुनु हो । उहाँले एकीकृत समाजवादीका प्रभावशाली नेता एवं पूर्वस्वाथ्य मन्त्री विरोध खतिवडालाई पराजित गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?