सैन्य शासित ग्याबोनले अमेरिकी सहयोग नपाउने

Read Time = 2 mins

वसिंटन । संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र ग्बोनलाई सहयोग नगर्ने घोषणा गरेको छ । बाइडेन प्रशासनले मंगलबार ग्याबोनलाई सबै किसिमका मानवीय सहायता निलम्बन गरिएको घोषणा गरेको हो । निजेरपछि मानवीयलगायत अमेरिकी सहयोग नपाउने देशको सूचीमा अब ग्याबोन पनि परेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि सहायता कटौती गर्ने यो अन्तरिम उपाय अवलम्बन गरिएको विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताउनुभयो । मध्य अफ्रिकी मुलुकका साथै अफ्रिकी संघ र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूको आर्थिक समुदायले अवलम्बन गरेका नीतिअनुरूप सहायता स्थगनको निर्णय गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

‘हामी ग्याबोनमा अमेरिकी नागरिकलाई सहयोग गर्ने कूटनीतिक एवं ‘कन्सुलर’ सेवालाई निरन्तर सञ्चालन गर्नेछौं’, विदेशमन्त्री ब्लिन्केनले एक विज्ञप्ति निकालेर भन्नुभएको छ । ग्याबोनका नेता अलि बोंगो ओन्डिम्बालाई पदच्युत गरिएको तथा सैन्य सत्ता लागु गरिएको विषयमा समीक्षा गर्न बाँकी रहेको उहाँले विज्ञप्तिमा बताउनुभएको छ । रासस÷एपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?