लमजुङमा सत्ता गठबन्धनका देव गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराए

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङमा सत्तागठबन्धनका देवप्रसाद गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

संघतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महासचिव गुरुङ र एमालेका उपमहासचिव गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो । माओवादी केन्द्रका महासचिव गुरुङलाई गठबन्धनले अघि सारेको छ भने प्रदेश सभातर्फ प्रदेश क र ख क्षेत्रमा कांग्रेसका उम्मेदवारले टिकट पाएका छन् ।

गठबन्धनका तर्फबाट प्रदेश सभा क मा कांग्रेसका जिल्ला सभापति डा टकराज गुरुङ र प्रदेश सभा ख मा नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति भेषबहादुर पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

एमालेले भने प्रदेश सभा क मा संविधान सभा सदस्य जमिन्द्रमान घले र प्रदेश सभा ख मा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई उम्मेदवार बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?