विश्व हुलाक सेवा दिवस मनाइयो

Read Time = 2 mins

काठमाडौं । पोस्ट फर प्लानेट भन्ने नाराका साथ १४८ औं विश्व हुलाक सेवा दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा हुलाक सेवा विभागद्वारा राजधानीमा आयोजित हुलाक सेवाको सान्दर्भिकता विषयक अन्तरक्रियामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले बदलिँदो परिवेशअनुसार विभागले सेवा थप परिष्कृत, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

विभागकी महानिर्देशक इन्दु घिमिरेले अझै पनि हुलाकको महत्वमा कमी नआएको भन्दै पछिल्लो समय सूचना र प्रविधिले फड्को मारिरहेकोमा हुलाकमार्फत् हुने गतिविधिमा भने कमी आएको बताउनुभयो । सो अवसरमा विभागले उत्कृष्ट तीन कर्मचारीलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा श्रीप्रसाद खनाल, रामप्रसाद गैंडा र मनोज नगरकोटी रहनुभएको छ ।

विभागले आइतबारदेखि नै वितरण हुने गरी पाँच र १० रुपैयाँ मूल्यका हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेको छ । चर्चामा रहेका हिम टाकुरा, प्रसिद्ध धार्मिकस्थल तथा लोपोन्मुख औषधीय वनस्पतिलाई समेटेर १३ वटा टिकटमा टाँचा लगाई सार्वजनिक गरिएको विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?