सनराइजका ब्राण्ड प्रमुख थापालाई अवार्ड

Read Time = 1 min

काठमाडौं । सनराइज बैंकका ब्राण्ड प्रमुख सुमन थापा बैंकिङ ब्राण्ड म्यानेजर अफ दि इयरबाट सम्मानित हुनुभएको छ । सिजन मिडिया प्रालिद्वारा दुबईमा आयोजित एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ अन्तर्गत उहाँले उक्त सम्मान प्राप्त गर्नुभएको हो ।

अवार्ड युपिएफ एसिया प्यासिफिकका सहअध्यक्ष डा. रोबर्ट एस किटेल अमेरिका र पूर्वमन्त्री एकनाथ ढकालले संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको थियो । सोही कार्यक्रममा नेपालसहित एसियन मुलुकका ११ जनासमेत गरी ३४ जनाले अवार्ड प्राप्त गरेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?