काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पतालको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख प्राडा शिव मंगल प्रसाद तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरूपमा बिरुवा रोपेर गर्नुभएको थियो ।
विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्तर्गत क्याम्पस परिसर तथा शिक्षण अस्पताल भवनदेखि मूल सडकसम्म चाँप, राजवृक्ष, पारिजात, शिरिष, अमलालगायत विभिन्न प्रजातिका बिरुवा रोपण गरी बिरुवाको सुरक्षाका लागि ‘ट्रि गार्ड’ समेत लगाइएको बैंकले जनाएको छ ।
सो अवसरमा त्रिभुवन विश्वविद्यालयका कानुनी सल्लाहकार नारायण खनाल, आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. विनोदकुमार सिंह, प्रशासकीय प्रमुख कुमार केसी, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारीको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच