अर्थविद् डा. वाग्लेलाई टिकट नदिएकोमा कांग्रेसप्रति बाबुरामको कटाक्ष

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । .

शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै उहाँले नेपाली कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले नेपाली काँग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने नेपाली कांग्रेसले विद्वान व्यक्तित्वहरुलाई निर्वाचन लड्नबाट वञ्चित गराएर देश विकास हुन नसक्ने बताउनु भयो ।

उहाँले विज्ञहरुलाई देश भन्दा बाहिर पठाएर मुलुक भित्र गरिव,निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने औंल्याउनु भयो । उहाँले नेपालमा सबैले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हाम्रो देशमा सबैले सबैलाई ठग्दै हामीले आफैँले आफैँलाई ठग्ने अवस्थामा पुग्यौं । सबैले आत्मा समीक्षा गर्नु जरुरी छ । अहिले आफू तीन पटक निर्वाचन जितेर अहिले निर्वाचनबाट बाहिरिएको छु । हामीले दोहोरो कर्म गर्ने आफूतिर नहेर्ने उपदेश दिने ठूला कुरा गर्ने अन्त्यमा देश छाडेर अन्य देशमा गएर बस्ने र नेपालमा गरिव,निमुखा मात्रै बस्ने हो भने नेपाल कहिल्यै पनि बन्दैन । नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले हुनुहुन्छ । वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट पनि दिएन । अनि देश बन्छ । विकास भनेको समय हो । समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि हुँदैन । विकास र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुँदैन ।’

उहाँले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने भन्दै आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर दिगो विकास गर्नु आवश्यक रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?