टिभिएस एक्सचेन्ज मेला हुने

Read Time = 1 min

काठमाडौं । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला आयोजना गर्ने भएको छ । असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने मेलामा ग्राहकले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहार पाउनेछन् ।

मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल र स्कुटर लिँदा बजार मूल्यांकनभन्दा सात हजार बढी, नकिन्दै एक लाख र किन्दा १० लाखसम्मको नगद छुट पाउने कम्पनीले जनाएको छ । एक्सचेन्ज मेलामा फाइनान्स अफर पनि रहेको छ, जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र चार हजार दुई सय ७७ रुपैयाँ मासिक इउमआईमा बाइक तथा स्कुटर लिन सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?