विश्वासिलो सहकारीमै चोरी

Read Time = 2 mins

-दीपककुमार शर्मा
बर्दिया । बर्दियाको एउटा सहकारी बाट ५ लाख भन्दा वढि रकम चोरी भएको छ ।

जिल्लाको मधुवन नगरपालिका १ सूर्य पटुवामा रहेको विश्वासीलो बचत तथा ऋण सहकारी संस्थाको शाखाको रुपमा रहेको पारिजात सेवा केन्द्रको कार्यालयमा रातिको समयमा प्रबेश गरी रकम रहेको सेफ फोडेर ५ लाख ६२ हजार ५ सय ७१ रुपैया चोरी भएको विश्वासीलो बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अधिकृत कृष्णप्रसाद शर्माले बताउनु भयो ।

उहाँका अनुसार कार्यालयको बाहिर भागमा रहेको च्यानल गेट बाट भित्र प्रबेश गरी रकम रहेको सेफ फोडेर पैसा लुटपाट भएको छ विहान कार्यलय खोल्न आउँदा कार्यलयमा तोडफोड भएको देखिए पछि प्रहरीलाई खवर गरिएको शर्माले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हिक्मतबहादुर बोहराले घटनाको विषयमा अनुसन्धान भैरहेको बताउनु भयो । साथै उहाले घटनाको विषयमा फरक फरक कोणबाट अनुसन्धान गरी सो कार्यमा संलग्नलाई पक्राउ गर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?