काभ्रेपलाञ्चोकमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-६ कुखुरेपाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जेसिबि चालक रामेछापको दोरम्बा गाउँपालिका-२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् ।

कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबि अनियन्त्रित भएर आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?