सर्लाहीमा गोली चल्याेः सहकारीको सेवा केन्द्रमा लुटपाट, एक युवक गम्भिर घाईते

हिमालय टाइम्स
Read Time = 3 mins

-प्रकाश मैनाली
सर्लाही । सर्लाहीको बागमती नगरपालिका स्थित मिलनचोकमा रहेको सगुन सहकारीको सेवा केन्द्रमा लुटेरा समुह द्वारा गोली प्रहर गरी लुटपाट गरेको छ ।
बुधवार बिहान १० बजेको समयमा बागमती नगरपालिका-१, मिलनचोकमा रहेको सगुन सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट भएको हो । अज्ञात समुहले केन्द्रमा काम गर्ने लालबन्दी-२, जुटपानी निवासी ३० बर्षका साजन कार्कीलाई गोली प्रहार गरेर लुटपाट गरेको सगुन सहकारी संस्थाकाे मुख्य कार्यलय हरिवनले जनाएको छ ।

घटनामा लुटेरा समुहले चलाएको बन्दुकबाट कार्कीलाई ४ गोली लागेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । लुटेरा समुहले चलाएको गोली कार्कीको पाखुरा, तिघ्रा, कुम र कोखामा लागेको हो । गोली लागेका कार्कीलाई हरिवन स्थित सरस्वती अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि हेलिकप्टरमा काठमाण्डौ लैजाने प्रयास भईरहेको छ ।

तिनजनाको समुहमा आएका लुटेरा समुहले कार्की माथि बिहान कार्यलय खोल्ने बित्तिकै आक्रमण गरेकाे घाईतेलाई उधृत गर्दै सहकारीका दिनेश श्रेष्ठले बताउनुभयाे । उनीहरुले बिहान कार्यलय खोले पछि आक्रमण गरेछन् । उहाँले घाईतेलाई उदृत गर्दै भन्नुभयाे, तर हामीले मुख्य कार्यलयबाट ब्यागमा लगेको पैसा ड्रएरमा खन्याउने गरेका छौ । त्यसले गर्दा उनीहरुले गोली चलाउदै ब्याग तानेर भागेछन् पैसा लैजान पाएको छैन् भन्ने बुझेका छौँ ।

उनीहरुले केही दिन देखी उक्त शाखामा कार्यरत कार्कीको निगरानी आउने र जाने समय र उन्ले बोक्ने गरेको ब्याग समेतको निगरानी गरिरहेको समेत खुलेको छ । मंगलवार मात्र पनि लुटेरा समुह सोही कार्यलय आसपास घुमिरहेका देखिएको छ । घटना लगतै लुटेरा समुह भने भारतिय नम्बर भएको मोटरसाईकलमा फरार भएका छन् ।

उनीहरुको खोजी भईरहेको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । मुख्य कार्यलय हरिवनमा रहको सगुन सहकारी संस्थाले बागमतीको मिलनचोकमा सेवा कार्यलय संचालन गरेर शेयर सदस्यहरुलाई बित्तिय सेवा प्रवाह गर्दै आईरहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?