उपाधिका लागि सुदूरपश्चिम र प्रदेश-१ भिड्ने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

इटहरी । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र प्रदेश-१ भिड्ने भएका छन् । शुक्रबार भएका सेमिफाइनलमा आ-आफ्नो खेलमा जित निकाल्दै दुवै टोली उपाधिनजिक पुगेका हुन् । घरेलु टोली प्रदेश एकले नेपाल एपीएफ क्लबलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनायो । त्यसअघि भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ११४ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

जितका लागि ४६ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश-१ ले ९ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटायो । प्रदेश-१ की रुविना क्षेत्री २३ बलमा ३ चौकासहित सर्वाधिक २० रन जोड्नुभयो । यस्तै अप्सरी बेगम र काजोल श्रेष्ठले ९-९ रन बनाउनुभयो । एपीएफको नेरी थापाले एकमात्रै विकेट लिनुभयो ।

त्यसअघि जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले १३.४ ओभरमा ४५ बनाउँदा सबै विकेट गुमाएको थियो । एपीएफकी कप्तान सीता रानामगरले ४ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक १० रनबाहेक कुनै पनि ब्याटरले दोहोरो रन बनाउन सक्नुभएन । ओपनर ज्योति पाण्डे ५, राजमती ऐरी ३, रोमा थापा शून्य, ममता चौधरी ४, सरिता मगर १, नेरी थापा २, रेखा रावल शून्य र सुमन विष्टले २ रनमा आउट हुनुभयो । प्रदेश एककी संगीता राईले ४ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिनुभयो । एलिसा खडियाले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिनुभयो । सबनम राईले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि भएको पहिलो सेमिफाइनलमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८० रन बनाएको थियो । सुदूरका लागि कविता कुँवरले ५४ बलमा १२ चौका र १ छक्कासहित ७० रन बनाउनुभयो । यस्तै कप्तान विन्दु रावल ५२ बलमा ९ चौकासहित ६० रन जोड्नुभयो । पहिलो विकेटका लागि कविता र विन्दु रावलले १२८ रनको सानदार शतकीय साझेदारी गर्नुभएको थियो । त्यसबाहेक कविता जोशी १५ बलमा ४ चौका र २ छक्कासहित ३२ रनमा अविजित रहनुभयो ।

मधेसकी साना प्रवीन र भूमि सिंहले एक-एक विकेट लिनुभयो । जवाफी ब्याटिङमा मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६८ रन बनायो । मधेसकी प्रतिमा शाहले १८ बलमा ३ चौकासहित १९, सीमा कुँवर १६ र एलिसा यादवले ३९ बलमा २ चौकासहित १४ रन बनाउनुभयो । सुदूरकी मनिषा चौधरी र ऋतु कनोजियाले दुई-दुई विकेट लिनुभयो । फाइनल शनिबार हुनेछ । प्रतियोगिता विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वाेत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउने आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालको निधन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने काँग्रेसको निर्णय दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक पदार्थ फेला गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक पार्कको शिलान्यास भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन ११ वर्षपछि पुनः सुरु संविधान कार्यान्वयन नै नगरी संशोधनको बहसमा पुग्यौँः जीवन परियार मदन पुरस्कार वीणा राजभण्डारी र जगदम्बाश्री किरण खरेललाई जलवायु अनुसन्धानमा नीतिगत झमेला र लगानी अभाव मुख्य चुनौती : सांसद रेग्मी न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री छोबीच भेटवार्ता