मुम्बई । दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी छिट्टै विवाह बन्धनमा बाँधिने हुनुभएको छ । उहाँको विवाहको मितिदेखि विवाह स्थानसम्म सबै कुरा फाइनल भएको खबर सार्वजनिक भएको हो ।
अभिनेत्रीले आफ्नो विवाहको लागि राजस्थानको जयपुरमा रहेको ४५० वर्ष पुरानो मुन्डोटा फोर्ट रोज्नुभएको छ । हंसिकाको विवाहको सम्पूर्ण कार्य यही किल्लामा हुनेछ । एजेन्सीका अनुसार हंसिकाको विवाह एक राजनीतिज्ञका छोरासँग हुने भनिएको छ । जो चर्चित व्यापारी पनि हुन् । तर, बेहुलाको परिचय भने खुलाइएको छैन ।
हंसिका चाँडै तमिल चलचित्र ‘राउडी बेबी’मा देखिँदै हुनुहुन्छ । हंसिकाले आफ्नो करियर बाल कलाकारबाट सुरु गर्नुभएको थियो । ‘शाका लाका बुम बुम’ जस्ता टिभी कार्यक्रमबाट अभिनेत्रीले टिभी उद्योगमा आफ्नो पहिचान बनाउनु भएको थियो । उहाँले बलिउड चलचित्र ‘कोई मिल गया’ मा पनि बाल अभिनेत्रीको भूमिका निर्वाह गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच