रूसले कब्जा गरेको युक्रेनी भूभागमा मार्शल ल लागु

हिमालय टाइम्स
Read Time = 1 min

मस्को । रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागु गरेको घोषणा गरेको छ ।

मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेका हुन् । ती चार वटा क्षेत्रमा बिहीबार बिहानदेखि सैनिक शासन लागु हुने भएको छ ।

त्यसअघि रुसी पुटिनले सुरक्षा परिषदको बैठकलाई सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै ७० वर्षीय पुटिनले युक्रेन सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको र वार्ता प्रस्ताव लत्ताएको आरोप लगाए । पुटिनले युक्रेनले अतिवादी तरिका अप्नाएको आरोपसमेत लगाए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?